|  

लोकसेवाले खोल्यो अधिकृतसहित २८ पदमा विज्ञापन (सूचना)

२७ जेठ, काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगले उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।

प्रदेश लोक सेवा आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो । 

आयोगले विज्ञापन भएका पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ। आयोगका अनुसार दरखास्तपछि छनोट परीक्षा जनकपुरधाममा हुनेछ। 

हेर्नुहोस् सूचना: