|  

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कोरोबार ?

२७ जेष्ठ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि बुधबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।