|  

उर्मिलासँग मनिषा रिसाएपछि बन्न सकेन रामगोपालको फिल्म

२७ जेष्ठ काठमाडौं । आफ्नो फिल्म निर्माण शैलीका लागि बलिउडमा चिनिएका निर्देशक रामगोपाल बर्माले ‘सत्या’, ‘कम्पनी’, ‘सरकार’ र ‘सरकार राज’ जस्ता कैयौं फिल्म बनाए । सन् १९९० देखि २००० को दशकमा उनको फिल्म निर्माण शैलीकै दबदबा थियो । हरेक स्टार उनीसँग काम गर्न चाहन्थें तर स्टार छनोटमा उनी ‘चूजी’ थिए र नाम चलेका कलाकार मात्र फिल्ममा लिने गरेका थिए । 

रामको मनपर्ने अभिनेत्री उर्मिला मातोंडकर थिइन् । त्यहीकारण उनी हरेक फिल्ममा उर्मिलालाई नै राख्न चाहन्थे । रामले बनाउन लागेको एक फिल्ममा उर्मिलासँगै त्यो समयकी हिट अभिनेत्री मनीषा कोइरालालाई कास्ट गराउने योजनामा थिए । राम मनीषासमक्ष फिल्मको अफर लिएर गएका थिए ।

रामले मनीषालाई उनी अभिनेताको पत्नीको भूमिकामा हुने जानकारी दिएका थिए । मनीषाको सम्बन्ध घरबाहिरको विवाहित पुरुषसँग पनि हुने र उनको पतिको प्रेमिका उर्मिला हुने सुनाएका थिए ।

उर्मिलाको चरित्र मनीषाको भन्दा बढी ग्ल्यामर थियो । उर्मिलाको भूमिका र उनको ग्ल्यामर छवि सुन्नासाथ मनीषा रिसाइन् । त्यसपछि उनले रामको फिल्ममा काम गर्न अस्वीकार गरिन् । अन्ततः यो फिल्म निर्माण नै हुन सकेन ।

उर्मिलाको कुरा गर्दा उनको करियर सम्हाल्ने श्रेय रामगोपाललाई नै जान्छ । उर्मिलालाई फिल्म ‘रंगीला’मा कास्ट गरेर रामले रातारात उनको भाग्य चम्काइदिएका थिए ।

यसपछि रामले उर्मिलालाई ‘भूत’, ‘कौन’, ‘दौड’, ‘मस्त’, ‘प्यार तूने क्या किया’ लाई अभिनय गराएका थिए ।