|  

घरेलु औजार प्रयोग गरी स्थानीय नाका जोड्ने सडक निर्माणमा जुटे

२७ जेष्ठ,काठमाडौं । उत्तरी गोरखाको सामागाउँ साम्दो हुँदै तिब्बतको रुइला नाका जोड्ने सडक निर्माणको काम सुरु भएको छ । घरेलु औजार प्रयोग गरी स्थानीय आफैंले सडक निर्माणको काम थालेका छन् । साम्दोदेखि रुइला नाकासम्मको दूरी करिब १० किलोमिटर छ । 

चालु आर्थिक वर्षमा ३.५ किलोमिटर सडक निर्माण हुने चुमनुव्री गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।उक्त सडक निर्माणका लागि ५० लाख रकम विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । ‘क वर्गको सडक भनेर मन्त्रालयले दुई करोड रकम छुट्याएको थियो । तर प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नभएका कारण मेसिन प्रयोग गर्न नमिल्ने भएपछि डेढ करोड मन्त्रालयले फिर्ता लगेर ५० लाख मात्र विनियोजन गरेको हो ।

 सडक निर्माण भएसँगै तिब्बतका खाद्यान्न ल्याउन सहज हुने स्थानीयले बताएका छन् ।