|  

एटीएम मेसिन फोड्दाफोड्दै पक्राउ

२७ जेठ, काठमाडौं । प्रहरीले साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा काठमाडौंमा एक जनालाई पक्राउ गरेको गरेका छ।

काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको बैंकको एटीएम मेसिन तोड्फोड गरिरहेका डडेल्धुरा सेतीबेसी गाउँपालिका–४ का २९ वर्षीय दिनेश क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेका हो।

महानगरीय प्रहरी वृत मालिगाउँबाट खटिएको प्रहरी टोलीले क्षेत्रीलाई एटीएम मेसिन तोड्ने औजारसहित बुधबार राति पक्राउ गरेको हो।

प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिई थप अध्ययन गरिरहेको छ।