|  

सिंहदरबारमा बस्यो मन्त्रिपरिषद बैठक

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार लगत्तै मन्त्रिपरिषदको बैठक राखेका छन् ।  

प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद बैठक सिंहदरबारमै राखेका हुन् । यसअघि ओलीले बालुवाटारमा मात्रै बैठक राख्ने गरेका थिए ।

बिहीबार सवा ६ बजेदेखि बसेको बैठक झण्डै सवा ७ मा सकिएको छ । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई आ आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न निर्देशन दिए ।  

साथै नवनियुक्त मन्त्रीहरुलाई शुभकामना समेत दिएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले आजै मन्त्रीपरिषद् बिस्तार गर्दै २५ सदस्य बनाएका थिए ।