|  

आजबाट युरोकप, कुन समूहमा कुन टिम ?

२८ जेष्ठ काठमाडौं । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट शुक्रबार सुरु हुँदैछ ।

इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

कुन समूहमा कुन टिम 

समूह ए : इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी : डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी : नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई : स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

                                                                        एजेन्सी