|  

स्पेनिस डिफेन्डर लोरेन्ट टिममा फर्किए

२८ जेष्ठ काठमाडौं । स्पेनिस डिफेन्डर डिएगो लोरेन्ट टिमको प्रशिक्षणमा फर्किएका छन् । कोरोना संक्रमण देखिपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए । 

कोरोना भाइरसको परिक्षण नेगेटिभ आएपछि लोरेन्ट युरो खेल्ने टिमको प्रशिक्षणमा फर्किएका हुन् ।उनीसँगै कप्तान सर्जियो बुस्केट्सलाई पनि कोरोना देखिएको थियो ।

आजबाट सुरु हुने युरोकपमा स्पेन समूह 'ई'मा रहेको छ । यस समूहमा स्विडेन, पोल्याण्ड र स्लोभाकिया रहेको छ ।स्पेनले स्विडेनसँग जुन १४ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एजेन्सी