|  

सुनचाँदीको मूल्य बढ्यो

२८ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्को छ । आज सुन तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँ बढेको छ ।

नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । .