|  

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, गएनन् प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता गरेपनि उनी भने बैठकमा सहभागी छैनन् ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल सहभागी छन् ।

प्रधानमन्त्री ओलीलाई पनि बैठकका लागि बोलाइएको थियो। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र दलका नेतालाई पत्राचार गरेर बैठकमा आउन भनिएको थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनाल भर्चुअल रूपमा बैठकमा सहभागी छन्। यसअघि सभामुखले पूर्वसभामुख र कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए।