|  

मेघा चौधरीको पहलमा मोडेल तथा कलाकार निशाको उपचार सुरु

२८ जेठ, काठमाडौँ । अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । 

 विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन्न  िनिशाको नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा पोष्ट गरेका थिए । 

उक्त पोस्ट बाट नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दारमा पहल गरेकी हुन् । भोजपुरी  फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।