|  

लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

२८ जेठ, काठमाडौँ । लन्डनको बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’ नेपाली मोडल अनिता लिम्बूले सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । 

सामाजिक सञ्जालमा उनको प्रतिभा देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गरेको थियो । 

आयोजकको आग्रहअनुसार उनले शो को अडिसनमा सहभागी हुँदै कार्यक्रममा भाग लिएकी थिइन् ।

नेपालमा कक्षा १२ सम्मको अध्ययन सकाएर अध्ययनकै शिलशिलामा यूके गएकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । 

बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शोमा पनि भाग लिइसकेकी छिन् ।

यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन् । ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन् ।

लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन । उनले धेरै नेपली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन ।