|  

धनकुटामा १२ सय ४७ जनाले लगाए भेरोसेल खोप

२८ जेठ, काठमाडौँ । धनकुटामा १२ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन्। जस अन्तरगत हिजो बिहिबार ४ सय ७० जनाले लगाएका थिए भने आज ७ सय ७७ जना गरी जिल्ला भर उल्लेखित संख्याले खोप लगाएको जिल्ला स्वास्थ्य प्रमुख तुलसि प्रसाद गुरागाईले जानकारी दिए ।

शुक्रबार जिल्लाको माहालक्ष्मी नगरपालिकामा १ सय ५५ ,पाख्रिबास नगरपालिकामा ३२, छ थर जोरपाटी गाउपालिकामा १ सय ५४ ,सहिदभुमि गाँउपालिकामा ७१ ,सागुरीगढि गााउपालिकामा १ सय १७, धनकुटा नगरपालिकामा २ सय २६ जाना ३२ देखि ६४ वर्ष उमेर समुहका नागरीकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ।

त्यस्तै गरी धनकुटामा अहिले सम्म कोरोना मुक्त हुने संख्या ८ सय ४२ पुगेका छन् भने ४ सय ५९ जना सक्रिय संक्रमित उपचाररत रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जानएको छ।