|  

इटालीको विजयी सुरुवात

२९ जेठ, काठमाडौँ । युरोपेली च्याम्पियनसिपको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीविरुद्ध सहज जित निकालेको छ । इटालीले ३/० को जित दर्ता गर्दा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।


इटालीले खेलको पहिलो हाफदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको थियो । 

तर टर्कीले रक्षात्मक रुपमा बलियो प्रस्तुति गर्दै इटालीलाई अघि बढ्न दिएन । दोस्रो हाफको सुरुवातमा आत्मघाती गोलको सहायताले इटाली अघि बढेको थियो । 

५३ औं मिनेटमा डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा मेरिह डेमिराललाई लाग्दै गोल भएको थियो ।