|  

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

२९ जेठ, काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख माननीय गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कोरोना महामारीविरुद्ध सरकार चाल्ने कदमहरुबारे योजना प्राथमिकताका साथ समेटिएका छन् । यस्तै कर्णालीको गरिबीलाई न्यूनिकरण गर्न सरकारले विभिन्न सिपमुलक तालिम प्रदान गर्नेदेखि थप रणनीतिक योजना नीति तथा कार्यक्रममा समेटिएका छन् ।