|  

नेविसंको नयाँ बानेश्वरमा जारी प्रदर्शनमा झडप, पुष्कर बास्तोला घाइते

टंककला तिमिल्सेना, २९ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले नयाँ बानेश्वरमा आफ्नो प्रदर्शन जारी राखेको छ । उप-प्रधानमन्त्री राजेन्द्र महतोले दिएका अभिव्यक्तिको विरोधमा नेविसंघले उनको पुतला दहन  गर्दै प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनमा प्रहरी र नेविसंघका नेताहरुबीच झडप समेत भएको छ । झडपमा नेविसंघ नेता प्रविण बास्तोला घाइते भएका छन्। उनको टाउको र कानमा चोट लागेको छ। प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो । सोही क्रममा बास्तोला घाइते भएका हुन् ।