|  

 कांग्रेसको महाधिवेशन मिति ९ दिन पछि सर्‍यो 

टंककला तिमिल्सेना, २९ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तोकिएको थियो ।  पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो।

बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गरिने भएको छ। 

केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने  साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।