|  

गण्डकी अपडेटः शपथ कार्यक्रम केहीबेरमा, मनाङेसहित ४ जना मन्त्री बन्दै


 
२९ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्ण पोखरेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा साँझ साढे ७ बजे शपथको कार्यक्रम छ। पहिलो चरणमा नवनियुक्त मुख्यमन्त्री पोखरेलले ४ सदस्यीय मन्त्रिपरिषद् बनाउँदैछन्।

आज माओवादीकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाउन लागिएको हो। उनीहरुलाई दिने मन्त्रालयको भने टुंगो लागिसकेको छैन।