|  

साईबर व्युरोको निगरानीमा युट्युबर, सचेत रहन एसएसपी अर्यालको आग्रह (भिडियो )

२६ असार, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल एवं युट्युबको दुरुपयोग बढ्दै गएको छ । यसबीच समाजिक सञ्जाल र खासगरी युट्युबमा सक्रिय व्याक्तिहरुलाई सचेत रहन नेपाल प्रहरीको साईबर व्युरोले आग्रह गरेको छ ।

युट्युब, फेसबुक, टिकटकलगायतका समाजिक सञ्जालमा अवैध र कसैको चरित्र हत्या गर्ने जस्ता सामग्री प्रकासित गर्ने व्याक्तिलाई कडा कारवाही हुने व्युरोका प्रवक्ता एवं एसएसपी नविन्द्र अर्यालले बताएका छन् ।

सामाजिक सञ्जालमा प्रकासित हुने यस्ता सामग्रीविरुद्ध वित्तिय कारोबार ऐन परिच्छेद ९ को दफा ४७ अनुसार कारवाही हुने एसएसपी अर्यालले बताएका छन् ।
हेनुहोस् भिडियो :