|  

सिरी ए फुटबलमा हरियो जर्सी लगाउन नपाइने

१ साउन काठमाडौं । इटालियन सिरी ए फुटबलमा हरियो जर्सी लगाउन नपाईने भएको छ । सिरी ए ले सन् २०२२र२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ ।

आगामी सिजन भने हरियो जर्सी लगाउन पाईने बताईएको छ । सिरी एको नयाँ नियमसँगै मुख्यत सासोउलोले आफ्नो परम्परागत जर्सी लगाउन नपाउने भएको छ । सासोउलोले हरियो र कालो रङ्ग प्रयोग गर्दै आइरहेको छ ।

सिरी ए फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरुको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताईएको छ । मैदान र खेलाडीको रङ्ग एकै हुँदा टेलिभिजन लाईभ हेर्ने दर्शकलाई समस्या हुने गरेको बताईएको छ ।