|  

पशु चौपाया मार्दै जनकपुर रेल्वको ट्रयाक टेष्ट गरियो

३ साउन, काठमाडौँ ।  नेपालमा रेल्वको ट्रयाक टेष्ट आज बिहान गरिएको छ । आज बिहान  सँवा ११ बजे जनकपुर रेल्वे खजुरी महुवा हुदै कुर्था स्टेशन पुगेको हो । कुल ३३ मिनेटमा १ सय २० किलोमिटर प्रति घण्टाको स्पीडले कुर्था पुगेको जनाईएको छ ।

रेल्वको ट्रयाक टेष्ट गर्दा महुवास्थित ट्रयाकमा रहेको एक खसी र एक बाख्रा समेत मरेको स्थानीयहरुले बताएका छन् । आज गरिएको ट्रयाकको स्पीड टेष्टको क्रममा खजुरीबाट निस्कदैँ महुवास्थित रहेको ढल्ला नजिकै ट्रयाकमा रहेको बाख्रा र खसीलाई किच्दै पार भएको हो ।

रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले आफ्नो फेसबुक र सूचना जारि गरि साउन ३ गते रेल्वे ट्रयाकको परीक्षण हुने भन्दै ट्रयाकमा गाई, भैँसी, बाख्रा र बालबालिकाहरुलाई नछाडन आग्रह गरेका थिए ।