|  

जन्मदिनको अवसरमा हाँस्य कलाकार जिग्रीको एक गित सार्वजनिक 

५ साउन, काठमाडौँ । हाँस्य टेलिश्रृङ्खला भद्रगोलका जिग्रीले आफ्नो जन्मदिनको अवसर पारेर एक गित सार्वजनिक गरेका छन् । जिग्री नामले चर्चित कुमार कट्टेलले सोमबार मञ्जुरी नामक गीत सार्वजनिक गरेका हुन् ।

सोमबार सार्वजनिक भएको गीतमा कुमार आफैंले अभिनय पनि गरेका छन् । आफू हाँस्य कलाकार भएपनि गम्भीर प्रकृतिको मानिस भएको बताउने उनको गीतले बिछोडको कथा भनेको छ । भीम बिसीको शब्द र संगीत रहेको उक्त गीतमा कुमारलाई महिला आवाजमा मेलिना मैनालीले साथ दिएकी छन् ।

म्युजिक भिडियोमा भद्रगोलमै जिग्रीको केटी साथी बनेकी रक्षा श्रेष्ठले अभिनय गरेकी छन् ।