|  

३,१०८ जना संक्रमित थपिए, २५ जनाको मृत्यु

५ साउन काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै,२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।