|  

फिल्म छायांकनका लागि अनुमति दिनेबारे अनौपचारिक छलफल 

५ साउन, काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्म छायांकनको लागि अनुमति दिनेबारे संचार मन्त्रालयसँग अनौपचारिक छलफल गरेको छ । 
केही दिनमै यस विषयमा फाइनल निर्णय हुने बोर्डले जनाएको छ । तर छायांकनमा जाने चलचित्रकर्मीले सामाजिक दूरीको मापदण्ड भने पालना गर्नुपर्ने छ ।
बोर्ड अध्यक्ष दयाराम दाहालले औपचारिक निर्णय आउनका लागि केहि दिन लाग्ने बताए । उनले नयाँ संचारमन्त्री आउनेवित्तिकै छायांकनका लागि अनुमती दिने योजना रहेको बताए । कोभिड–१९ को दोस्रो लहरको रोकथामका लागि सरकारले लक डाउन गरेसँगै छायांकनमा गएका चलचित्रको काम रोकिएको थियो ।