|  

साउन १२ देखी नेपालमा नेक्सन ईभी सार्वजनिक, यस्ता छन् विशेषता 

६ साउन काठमाडौं । नेपालमा  साउन १२ देखी नेक्सन ईभी सार्वजनिक गरिने भएको छ ।   । 

नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले  नेक्सन ईभी सार्वजनिक गर्ने भएको हो। 

कम्पनीले बुकिङ गरिसकेका ग्राहकलाई १२ साउनदेखि नै गाडी उपलब्ध गराउने जनाएको छ।

नेक्सन ईभीमा जिपट्रोन प्रविधि छ। यसमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, हिल असिस्ट, सन रुफ लगायत अत्याधुनिक विशेषता छन्। 

२०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ३५० लिटर बुट स्पेस छ। अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको गाडीमा रियर एसी भेन्टको पनि सुविधा छ। यसमा पार्किङ असिस्ट, डुअल एअर ब्याग लगायतका सुरक्षा विशेषता छन्। 

यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी दिइने कम्पनीको भनाइ छ। त्यस्तै गाडीमा तीन वर्ष वा एक लाख २५ हजार वारेन्टी तोकिएको छ।

यो गाडी भारतमा सन् २०२० को जनवरीबाट बिक्री शुरू गरिएको थियो। नेपालमा नेक्सन ईभी तीन वटा मोडेलमा उपलब्ध हुने भएको छ।