|  

पक्राउ पर्ने पहिल्यै थाहा पाएका कुन्द्राको प्लान'बी' 

६ साउन काठमाडौं । अश्लील सामग्री अर्थात पोर्नोग्राफीको केसमा फसेका भारतीय व्यापारी राज कुन्द्रा ह्वाटसयाप च्याटबाट नयाँ नयाँ खुलासा भइरहेका छन् ।

राज कुन्द्राले प्रहरीको राडारमा पर्ने पहिले नै थाहा पाइसकेका रहेछन् । उनले गरेको च्याटबाट सो थाहा हुने बताइएको छ । त्यसका लागि उनले पहिले नै प्लान बी समेत बनाइसकेका रहेछन् । 

सोमवार राति पक्राउ परेका कुन्द्रालाई मंगलवार किला कोर्टले उनको सहयोगी रायन थोर्पका साथ जुलाई २३ सम्मका लागि प्रहरी रिमान्डमा पठाएको छ । 

प्रहरीले कुन्द्राका विरुद्ध प्रमाण जुटाइरहेको छ । ह्वाट्सयाप च्याट कुन्द्राका लागि सबभन्दा ठूलो समस्या बनेको छ। 

कुन्द्राविरुद्ध पोर्न फिल्म बनाएको र संसारभरि बेचेको आरोप छ । हटशट याप सस्पेन्ड भएपछि राज कुन्द्राले प्रदीप बख्शीसँग मिलेर ह्वाट्सयापमा प्लान बीको उल्लेख गरेका छन् । 

कुन्द्राको प्लान बीको नाम बोलिफेम हो । 

उमेशकु कामत र कुन्द्राबीचको च्याटमा न्द्राले पीएलाई समाचार पठाएको देखिन्छ । त्यसमा पोर्न भिडियो प्रसारण गर्ने सातवटा ओटीटी प्ल्याटफर्महरूका मालिकलाई प्रहरीले समन पठाउन सक्छ भनी लेखिएको छ । 

त्यसमा पोर्न सामग्री राख्न नपाउने अवस्थामा आफूहरूले बोलिफेम तयार गरेर राम्रो काम गरेको कुन्द्रा बताउँछन् । बोलफेम भनेको फिल्म देखाउने याप हो । 

कुन्द्राले भविष्य लाइभ कन्टेन्टमा छ किनकि त्यसको स्क्रीन रेकर्डिङ हुँदैन भने। त्यसैले खासै फरक नपर्ने कुन्द्राले बताए ।