|  

अवैध चाँदीका गरगहना सहित पर्सामा एक ब्यक्ति पक्राउ

६ साउन, काठमाडौँ । अवैध चाँदीका गरगहना सहित पर्सामा एक ब्यक्ति पक्राउ परेका छन् ।

पर्सा प्रहरीले आज बिहान साढे ८ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट सप्तरी राजविराज उपमहानगरपालिका–२, मेघराका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको हो ।

उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना ५ किलो ३ सय ३४ ग्राम फेला परेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । साह चितवन खैरेनी नगरपालिका–२, श्रीया ज्वेलर्सका सञ्चालक हुन् ।