|  

सुनचाँदीको मुल्य घट्यो, यसरी भइरहेको छ कारोबार

६ साउन काठमाडौं । आज सुनको मूल्य  घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलाामा सात सयले घटेको हो । 

मंगलबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।   

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३८० मा कारोबार भएकोमा आज घटेर तोलामा १२६० कायम भएको छ।