|  

दाङको घोराहीबाट बाघको छालासहित दुई जना पक्राउ

६ साउन, काठमाडौँ । दाङको घोराहीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटका ३२ वर्षीय रामबहादुर दमाई र रुकुमका ५४ वर्षीय पूर्णसिंह सुनार रहेका छन् । पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।