|  

पोखरीमा बेपत्ता एक जनाको शव फेला 

६ साउन काठमाडौं । पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । सर्लाही हरिपुर हरैयास्थित रहेको सरकारी पोखरीमा डुबेका ३० वर्षिय भरकुर माझी मृत अवस्थामा फेला परेका हुन् । 

हिजो मंगलबार पोखरीमा मान्छे डुबेको भन्ने खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको हो । 

ई.प्र.का हरिपुर बाट प्र.नि टोली र सशस्त्र प्रहरी बलको टोली समेत खटेर  स्थानियहरुसँग समन्वय गरी खोजतलास गर्ने क्रममा आज शव भेटिएको हो । 

आज १०ः३० बजे जाली हालेर  खोज्दा शव भेटिएको प्रहरीले जनाएको छ ।