|  

कोरोनाको खोपको दोस्रो खेप लिन नेपाल एयरलाइन्सको जहाज आज साँझ बेइजिङ जादै

६ साउन, काठमाडौं । सरकारले चीनसँग खरीद गरेको कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज साँझ बेइजिङ जादै छ ।  उक्त जहाज दोस्रो खेप लिइ भोलि काठमाडौं अवतरण गर्ने भएको हो ।

त्यस्तै अर्को खेप लिन उक्त जहाज भोलि साँझ पुनः बेइजिङ गइ शुक्रबार काठमाडौं आउने छ । भने अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार काठमाडौं आउने छ । चीनको राजधानी बेइजिङबाट कोरोना खोप लिन जहाजले आजबाट लगातार तीन उडान गर्दैछ ।

यसअघि निगमले असार २५ मा पहिलो खेप ल्याएको थियो । सो बेला ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल आएको थियो । सरकारले ४० लाख डोज खोप चीनबाट खरिद गरेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।