|  

सामसुङ ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ सुरु

६ साउन काठमाडौं । सामसुङ ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ सुरु भएको छ । नेपाली बजारमा बुधबारदेखि ग्राहकले अनलाइन मार्केटप्लेस दराजबाट यो स्मार्टफोन प्रि–बुकिङ गर्न सक्नेछन्।

‘एफ’ सिरिजअन्तर्गत ग्यालेक्सी एफ२२ लाई बहुप्रतिक्षित मोडलको रूपमा हेरिएको छ । यो फोनमा अक्टाकोर मिडियाटेक हेलियो जी ८० प्रोसेसर रहेको छ ।

९० हर्जको रिफ्रेस रेटसहित फोनमा ६.४ इन्चको एचडी प्लस ‘इन्फिनिटी यू सुपर’ एमोलेड डिस्प्ले रहेको छ, जसको प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास फाइभ दिइएको छ ।

६ हजार एमएएच क्षामताको ब्याट्री रहेको फोनले २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ । त्यस्तै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित क्वाड क्यामरा सेटअप छ । साथै सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा छ ।

मूल्यको कुरा गर्दा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २० हजार ४९९ रूपैयाँ रहेको छ । त्यस्तै, ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २३ हजार ९९९ रहेको छ ।

एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने यो फोन नेपाली बजारमा ब्ल्याक र लाइट ब्लु कलरमा उपलब्ध हुनेछ ।