|  

गोलकिपर अस्मिर बेगोभिच एभर्टनमा अनुबन्धित

६ साउन, काठमाडौं ।  प्रिमियर लिग क्लब एभर्टनले बोस्नियाका गोलकिपर अस्मिर बेगोभिचलाई अनुबन्धित गरेको छ । एभर्टनले च्याम्पियनसिप क्लब बर्नेमाउथबाट गोलकिपर बेगोभिचलाई अनुबन्धित गरेको हो । ३४ वर्षीय गोलकिपरले एभर्टनसँग एक वर्षको सम्झौता गरेका छन् । एभर्टनले सम्झौता थप गर्ने विकल्प समेत दिएको छ ।

एभर्टनले स्टोक्स र चेल्सीका पूर्व गोलकिपर बेगोभिचलाई दोस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो । एभर्टनले  विंगर आन्द्रोस टाउनसेन्डलाई अनुबन्ध गरेको थियो । बेगोभिचले विभिन्न क्लबबाट ४ सय बढी खेल खेलिसकेका छन् ।

उनले प्रिमियर लिगमा २ सय ५२ खेल खेलिसकेका छन् । बोस्नियाका लागि उनले ६३ खेल खेलेका छन् ।