|  

हिंसाले जन्माएको कुण्ठा !

६ साउन, काठमाडौं । चाहे घरभित्र होस वा बाहिर महिला असुरक्षा कायम नै छ । चाहे उनी श्रीमानसँग होस या प्रेमीसँग या त कुनै अपरिचितसँग असुरक्षा हरेक ठाउँमा छ ।

आजको दिनमा महिला सुरक्षाको यो अवस्था देख्दा साच्चिकै गर्भबाट छोरी जन्माउने आँट नै हराउँदै गएको महिलाहरुको भाव देखिन्छ । कतै यहि कारणले महिला भ्रुण हत्या बढेको त हैन् ? के साच्चिकै पुरुषभित्रको मानवता मरेकै हो ? के उनीहरुभित्र महिला प्रति कुनै सम्मान छैन? यदि छ भने पछिल्ला केही वर्षदेखि तिव्र गतिमा बढेको महिला हिसांका घटनामा बढी मात्रामा पुरुष संलग्नता किन भेटिन्छ ?

कुनै लक्षित समुदायमा भन्दा पनि सम्रग देशमै बढ्दै गएको महिला हिंसाका घटनाले समाजको आधा आकाश नै असुरक्षित भए पछि देशमा वा समाजमा कसरी अमन चयन कायम गर्न सकिन्छ भन्ने विचारणीय अवस्थाको सृजना भएको देखिन्छ ।

के साँच्चिकै छोरी चेली वाहिर निस्कन नमिल्ने ? किनकी उनी एक महिला हुन् । के उनले कसैको श्रीमति वा बुहारी भएकै कारणले ज्यान गुमाउनु पर्ने ? कहिले कुनै पुरुषलाई राती बाटोमा एक्लै हिड्दा, कुनै महिलालाई देखेर डर लागेको छ ? अवश्य छैन तर तपाई पुरुषलाई देखेर त्यो महिलालाई भने अवश्य डर लागेको हुन्छ ।

किनकी अधिकांश पुरुषलाई एक्ली महिला भेट्नु भनेको उसलाई उपहार पाउनु जस्तै हो भन्ने पुरुष मानसिकता जनाएको समाजमा घटिरहेका महिला हिंसाले जनाउछ । 

हाम्रो समाजमा पुरुषवादी सोच के छ भने महिला भएर एक्लै हिडनु नै पुरुष भोग गर्ने सजाए पाउनु हो । उसको सामाजिक मानसिकता नै अपराध गर्न छुट दिएको अधिकार हो । के कुनै महिलालाई एक्लै हिड्न पाउने हक हुदैँन या त पुरुषवादी सत्ताले आदेश दिएका काम मात्र गर्ने ? अबको समयले महिलाभित्र भएको ताकत र शक्तिको महसुस गर्ने समय आएको छ ।  कि अब पनि हामी सार्वजनिक ठाउँमा वा सार्वजनिक गाडीमा हिंसाका शिकार भइरहने ?

सार्वजनिक ठाउँमा महिलाले पुरुषलाई हानी पु¥याएका विरलै घटना होलान तर सार्वजनिक ठाउँमा पुरुषले महिलालाई हानी मात्र होइन हत्या गरेका हजारौ घटना छन् ।

अहिले त महिला भौतिक संसारमा मात्र नभई प्राविधिक संसारमा पनि उतिकै असुरक्षित छन् । महिलाका नामबाट पुरुषले सामाजिक संञ्जालमा महिला उपर गरेका हजारौँ हिंसाहरुले प्राविधिक संसारमा पनि महिला उतिकै असुरक्षित छन् भन्ने प्रष्ट पार्छ । महिलाका नामबाट पुरुषले सामाजिक संञ्जालमा महिला उपर भएका हजारौँ हिंसाका घटना छन् । के महिलाले सामाजिक संञ्जाल चलाउनौ न मिल्ने हो ?

आजको एक्काइसौ शताब्दीको युगमा पनि महिला सुरक्षाको यो अवस्था देख्दा के लाग्छ भने आजको पुरुषवादी समाजलाई महिला स्वतन्त्रता र महिला सक्षमता नपचेको नै हो ।

एकातिर सरकारले महिलालाई हरेक तह र तप्कामा समान सहभागिता गराउनलागि परेको छ । अर्कातिर भने एउटा यस्तो समुह छ जसलाई महिला सक्षम भएर पुरुष सरह शिरठाडो पारेर हिडेको पाच्य भएको छैन् । आखिर किन दिनप्रति दिन महिलाको सुरक्षा यति धेरै संवेदनशिल वन्दै गएको छ ? यो देशको आधा हिस्सा ओगटेको समुहलाई स्वतन्त्र र सुरक्षित भएर जीवन जिउने अधिकार छैन् ? की अझैपनि आधा जनसंख्या घरभित्रै भएको मन पर्ने समुह छन् ? यदि छैनन् भने हरेक पुरुषले हरेक महिला भित्र आफनो आमा वा दिदी वा बहिनी भएको किन महसुस गर्न सक्दैन् ? 


कुनै कक्षा कोठामा पुरुष शिक्षकसँग महिला एक्लै हुँदा असुरक्षित र हिंसा भोगेका घटना भेटिन्छन् । यसरी हेर्दै जाने हो भने महिला सुरक्षित हुने ठाउँ भनेको उज्यालोमा लाइट लिएर हराएको वस्तु खोज्नु जस्तै भएको छ ।

के हामीले हाम्रा छोराहरुलाई नैतिक शिक्षा दिन नसकेका हौँ ? या पुरुषलाई महिला भनेको उपभोग्य वस्तु हो भनि हामीले सिकाई रहेका छौँ ? अहिले एउटा परिवार देखि लिएर सिंगो देशलाई महिला सुरक्षा एक जटिल चुनौतिको रुपमा उब्जिएको छ ।

हरेक पुरुष मित्रलाई एउटा के अनुरोध छ भने जसरी पुरुषले महिला माथि हिंसा गर्छन यदि त्यही हिंसा उहाँहरुले भोग्नु पर्दाको अनुभव कस्तो हुन्छ होला ? एक पटक अवश्य मनन् गरौँ । सायद महिलाले सुरक्षित महसुुस गर्छन की ?     लेखक- भावना झा