|  

चिनिबाट  खोप लिएर नेपाल वायु सेवाको जहाज काठमाडौं आउँदै

७ साउन, काठमाडौँ । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाण्डौमा खोप ल्याउनेछ ।
यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो ।

निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । सरकारले चीन सरकारसँग सरकार-सरकार जिटुजी मार्फत खोप ल्याएको हो ।