|  

यसकारण बाहिरिन् पति कुन्द्राको कम्पनीबाट शिल्पा

१० साउन काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेठ्ठी पति राज कुन्द्राको कम्पनीबाट बाहिरिएकी छन् । कुन्द्रा पोर्न फिल्मको कारोबार मामलामा प्रहरीले पक्राउ गरेपछि उनी हरेक अनुसन्धानभित्र मुछिदै आएका छन् । 

बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राज जुलाई २३ मा अदालतले राजको हिरासत अवधिलाई जुलाई २७ सम्म बढाएको छ । अहिले राजको अनुसन्धानमा शिल्पाको भूमिका के थियो भन्ने बारेमा पनि अध्ययन भइरहेको छ।

शुक्रबार बेलुका मुम्बईको अपराध शाखाका अधिकारीहरुले शिल्पा र र राजको घरमा पुगेर करिब ६ घण्टा अनुसन्धान गरेको थियो । यो अनुसन्धानमा उनीहरुले घरको छानविन पनि गरेका थिए ।

शिल्पाले पतिका कारण विवादमा आउनुपरेपछि वियान इन्डष्ट्रिजको निर्देशक पदबाट राजीनामा दिएकी छन् । एडल्ट प्रोडक्सन र वितरणको सञ्चालन वियानबाट भइरहेपछि उनले यो पदबाट राजीनामा दिएकी हुन्। पछिल्लो समयमा प्रहरीको चासोको विषय पनि वियानप्रति थियो ।

प्रहरीले शिल्पाको बैंक खाताको पनि अनुसन्धान गर्दैछ । प्रहरीले यो कम्पनीमा शिल्पाले निर्देशकका रुपमा कति समय काम गरिन् भन्ने कुरा पनि अनुसन्धान गर्दैछ । राजको मामलाको अनुसन्धानमा अपराध शाखाका अधिकारीहरुले वियानको सिसीटीभी फुटेजको अनुसन्धान गरिरहेको छ ।