|  

९७ बर्षमा फिलिपिन्सले जित्यो पहिलो स्वर्ण

१२ साउन काठमाडौं। ओलम्पिकमा सहभागिता जनाएको ९७ बर्षमा फिलिपिन्सले पहिलो पटक ओलम्पिक स्वर्ण जितेको छ । उसका लागि भारत्तोलन खेलाडी हिडिलेन डियाजले ऐतिहासिक स्वर्ण जित्न सफल भइन । 

फिलिपिन्सको एयरफोर्समा सर्भिस गर्दै आएकी डियाज कोभिडका कारण पछिल्लो पटक मलेसियामा बस्दै आएकी थिइन । उनले महिला ५५ केजी तौल समुहमा स्वर्ण जितेपछि स्टेजमा नै भावुक बनेकी थिइन। 

३० बर्षे डियाज आफ्नो तौलको अन्तिम प्रतिस्पर्धामा स्वर्ण जित्न सफल भइन । साथै उनले ब्यक्तिगत प्रदर्शनमा पनि सुधार गर्दै कीर्तिमान बनाइन। 

सन् २०१६ मा रियो ओलम्पिकमा ५३ केजी तौल समुहमा रजत पदक जितेकी थिइन । तर टोकियो ओलम्पिकमा भने उनले त्यसमा पनि सुधार गर्दै अझ उत्कृष्ट प्रदर्शन गरिन । 

उनले स्वर्ण जितेसँगै फिलिपिन्स सरकारले उनलाई चार लाख ७७ हजार पाउण्ड पुरस्कार दिने घोषणा गरेको छ। त्यो भनेको फिलिपिन्स रकम ३३ मिलियन पेसो रहेको छ। 

यस्तै फिलिपिन्स स्पोर्टस कमिसनले पनि उनलाई १० मिलियन पेसो दिने निर्णय गरेको छ।

फिलिपिन्सका लागि स्वर्ण जित्ने उनी सन् १९२४ पछि की पहिलो खेलाडी हुन।