|  

एसइईको साउन २५ गतेभित्रै नतिजा सार्वजनिक हुने

१३ साउन काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्रै सार्वजनिक हुने भएको छ। 

सो समयभित्रै २०७७को नतिजा सार्वजनिक गर्नेगरी तीव्ररूपमा काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ। 

प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्रै विद्यार्थीको नतिजा रुजु गरिसक्ने उनले बताए।