|  

बल्छी ध्रुवेले गाएको “पारी वन हरियो” बोलको गीत सार्वजनिक

१४ साउन, काठमाडौँ । लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबेले गाएको “पारी वन हरियो” बोलको तीज गीत सार्वजनिक भएको छ ।

उनले नजिकिदै गरेको हरितालिका तीजको अवसर पारेर उक्त गीत सार्वजनिक गरेका हुन् । मरिचमान र सपना घिमिरेले गाएको गीतको भिडियोको निर्देशन भने दीपेन्द्र तिमिल्सिनाले गरेका छन् ।

सपना घिमिरे पौडेल, सुदीप सागरको संगीत संयोजन रहेको गीत सपनाकै शब्द र संगीतमा तयार भएको हो । गीतको म्युजिक भिडियो राजु मास्टर टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।