|  

झापामा संक्रमण बढेपछि आज राति १२ बजेदेखि कडा निषेधाज्ञा

१५ साउन, काठमाडौँ । संक्रमण बढेपछि झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा गर्ने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै आज राति १२ बजेदेखि साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

 प्रशासनले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन समेत रोक लगाएको छ। त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालय बाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ। 

बैंक तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ।