|  

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

१५ साउन, काठमाडौँ । सुनको मूल्य शुक्रबार पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनका मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार नौ सय थियो।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।