|  

यसरि बनिन्न हुमा कुरेसी रातारात स्टार

१५ साउन, काठमाडौँ । भारतीय चलचित्र उद्योग (बलिउड) मा सफलता हासिल गर्न धेरैले ठूलो संघर्ष र मेहनत गरेका हुन्छन्। त्यसमध्ये केहीले मात्र सफलता हात पार्छन् भने कोही निरास बन्नु सिवाय अर्को उपाय हुँदैन। तर, कोही भने रातारात स्टार पनि बनेका छन्। त्यसैमध्येमा पर्छिन, हुमा कुरेसी। 

दिल्ली विश्वविद्यालयमा पढाइ सकाएपछि थिएटरमा लामो समय बिताएकी हुमाले विभिन्न विज्ञापनहरूमा पनि काम गरिन्। उनले हिन्दुस्तान युनिलिभरसँग सम्झौता नै गरेर विज्ञापनहरूमा काम गरेकी थिइन्। विज्ञापनमा मोडलिङ गर्ने क्रममा उनको भेट चलचित्र निर्देशक अनुराग कश्यपसँग भएको थियो। 

एक मोबाइल कम्पनीको विज्ञापनको सुटिङ चलिरहँदा कश्यपको नजर हुमामाथि परेको थियो। त्यसपछि उनी रातारात स्टार बन्न सफल भइन्। 

‘ग्याङ्स अफ वासेपुरा’मार्फत उनले फिल्मी दुनियाँमा कदम राखेकी थिइन्। उनले बलिउडमा पाइला राखेको एक दशक पनि भएको छैन तर, उनी सफल अभिनेत्रीका रुपमा दरिन पुगेकी छन्। उनको अभिनयलाई दर्शकले पनि निकै मन पराएका छन्। ‘ग्याङ्स अफ वासेपुरा’पछि ‘डी डे’, ‘डेढ इस्किया’, ‘जोली एलएलबी–२’, ‘काला’लगायत थुप्रै चलचित्रमा उनले काम गरिसकेकी छन्। उनले चलचित्रसँगै वेब सिरिज ‘लैला’मा पनि काम गरिसकेकी छन्।