|  

सार्वजनिक गाडीमा कोरोना संक्रमणको खतरा, मास्कको प्रयोगलाई कडाइ

१५ साउन, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गराइएको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चेकमा ट्राफिक प्रहरीले पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।