|  

राष्ट्रिय लिग खेल्ने क्लवको बैठक बिना निष्कर्षमा, अर्को बैठक आगामी आइतबार

१५ साउन, काठमाडौं । राष्ट्रिय लिग खेल्ने १० वटा क्लवको बैठक बिना निष्कर्ष सकिएको छ । ६ ए डिभिजन क्लव र चार प्रदेशका क्लवविच भएको बैठक बिना निस्कर्ष सकिएको हो ।

प्रदेश टिमले लिग ए डिभिजन लिगका लागि प्रायः खेलाडी शिर्ष टिमले अनुबन्ध गरिसकेको र आफुहरुलाई खेलाडी अनुबन्ध गर्नका लागि समस्या भएको भन्दै बैठकको माग गरेका थिए ।

खेलाडी अनुबन्ध गर्न नपाउँदा खेल्न समस्या हुने भन्दै उनीहरुले असन्तुष्टी समेत जनाएका थिए । त्यहि कुरामा छलफलका लागि बसेको बैठकले केहि कुराको पनि टुंगो लगाउन नसकेको हो । जसका कारण अर्को बैठक आगामी आइतबारका लागि बोलाइएको छ ।

एन्फाले पहिलो पटक ए डिभिजन लिगसँगै राष्ट्रिय लिग गर्ने योजना बनाएको छ । यसअघि ए डिभिजन लिग गर्ने नगर्ने विषयमा पनि क्लवहरुसँग एन्फाको छलफल भएको थियो । जसमा क्लवहरु खेल्न सहमत भएका थिए ।