|  

एकता कमजोर पार्नेलाई मधेसी जनताले छाड्दैनन् - महतो

१५ साउन, काठमाडौं । राजेन्द्र महतोले एकता कमजोर पार्नेलाई मधेसका जनता आफैले दण्ड दिने बताएका छन् ।

आज जनकपुरधाममा माता राजदेवी पार्कको उद्घाटन  गर्दै नेता महतोले यस्तो बताएका हुन् । उनले भने, उपेन्द्र यादबको पार्टी फुट्न लागेको बेलामा हामी रातारात गएर बचाएको छौ । किनकि मधेसी जनता मधेसवादी दललाई एक हुनुपर्ने चाहना थियो । तर, राजपा अध्यक्ष उपेन्द्र यादव एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिए । जसपा दुई पार्टी मिलेर बनेको थियो । अब दुई वटा पार्टी नै रहन्छ ।

नेता महतोले आफू १८ दिन मन्त्री हुँदा नागरिकता अध्यादेश ल्याएको, १ सय ४० जना माथि रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए ।

अध्यक्ष यादव सत्तामा मात्र टाँसी रहन खोज्दै गरेकोले १८ महिना सरकारमा रहँदा पनि केही काम गर्न नसकेको उनले आरोप लगाए । उनले आफूहरूले गरेका कामलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने भन्दै जेलमा रहेका रेसम चौधरीलाई रिहा गर्न माग गरे ।