|  

जापान ओलम्पिक : ब्याडमिन्टन मिक्स डबलमा चिनले जित्यो स्वर्ण

१५ साउन काठमाडौं । चीनका वाङ यी ल्यु र हुवाङ डोङ पिङले आफ्नै देशका झेङ सी वेई र हुवाङ या चाङको जोडीलाई २–१ ले हराउँदै ब्याडमिन्टन मिक्स डबलमा स्वर्ण पदक जितेका छन्।

वाङ र हुवाङको जोडीले २१–१७, १७–२१, २१–१९ ले जितेको हो। चीनले लन्डन ओलम्पिकमा ब्याडमिन्टनको पाँचै स्पर्धामा स्वर्ण पदक जितेको थियो। जापानले रजत र हङकङले कांस्य पदक जित्यो।