|  

‘हेलमेट लगाउनुस्’ भन्दा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

१६ साउन, काठमाडौँ ।  पूर्व युवराज पारस शाहले महाराजगञ्जमा रहेको नारायण गोपाल चोकमा खटिएका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नुभएको छ । 

शुक्रवार बेलुकी हेल्मेट नलगाइ मोटरसाइकल चलाएको देखेपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सोधपुछ गर्दै हेल्मेट लगाउन आग्रह गरेको थियो । तर शाहले कहिल्यै हेल्मेट नलगाउने गरेको बताएपछि विवाद बढेको थियो । त्यसपछि त्यहाँ थप प्रहरी पुगेको थियो । प्रहरी र शाहबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

केही समयको विवादपछि प्रहरीले पारसलाई नियन्त्रणमा लिएर हेल्मेट लगाउन लगाएर मात्रै जान दिएको भिडियोमा देखिन्छ ।