|  

सुनकाण्डका फरार ‘भोजेमामा’ पक्राउ

१६ साउन, काठमाडौँ । ३३ किलो सुन काण्डमा फरार रहेका भनिएका झापाको गौरादह नगरपालिका ५ बस्ने ‘भोजे मामा’ भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौँको गौशालाबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार भण्डारी सुन चोरी पैठारी  र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।