|  

ओलीले बोलाए स्थायी कमिटी बैठक, यी विषयमा छलफल हुने 

१६ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो। 

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए।

एमालेले यही साउन २५ गते विधान महाधिवेशन गर्दै छ। 

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तथा एकताका लागि धेरै दिन पर्खिन नसकिने बताएको भोलिपल्ट स्थायी कमिटीको बैठक बस्न लागेको हो।