|  

रकुलको कण्डम टेस्टर बन्ने सपना अधुरै 

२६ भदौ, काठमाडौं । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र रानी स्क्रुवालाको आरएसवीपी फिल्म ‘छतरीवाली’को केही समय अघि घोषणा गरिएको थियो । यो फिल्मलाई लिएर अभिनेत्री रकुल निकै उत्साहित थिइन् । उनले फिल्ममा उनले कण्डम टेस्टरको भूमिका निभाउने तयारीमा थिइन् ।

तर अब उनको उत्साहमा बिराम लागेको छ । आफ्नो करियरको निकै चुनौतिपूर्ण भूमिका भन्दै आएकी रकुल त्यतिबेला दुःखी भइन्, जुन बेला निर्माताले फिल्म निर्माण नहुने जानकारी दिए ।

निर्माण पक्षले फिल्म बन्द गरिएको बारे केही घोषणा नगरे पनि फिल्मसँग जोडिएको एक पक्षले भने यो कुरालाई स्वीकार गरेको छ । हालै रिलिज भएको अपारशक्ति खुराना अभिनित फिल्म ‘हेलमेट’को कथा ‘छतरीवाली’सँग मिल्ने भएकाले फिल्म निर्माणको काम रोकिएको हो । हेलमेट’को कथा राम्रो भए पनि फिल्मले बक्सअफिसमा सफलता पाउन सकेन । जसकारण ‘छतरीवाली’को निर्माण पक्षले फिल्मको काम बन्द गरेको हो ।

कण्डम टेस्टरको बारेमा कमैलाई थाहा होला । कण्डम उत्पादक कम्पनीले १८ वर्षमाथिका व्यक्तिलाई अनुबन्ध गरेर कण्डमको प्रयोग गर्न लगाउछ । कम्पनीले कण्डमको नयाँ भर्सन सार्वजनिक गर्नासाथ कण्डम टेस्टरले त्यसको प्रयोग गर्दछ । 

उसले कण्डम लगाएर यौन सम्पर्क गर्दा कण्डमको टिकाउको बारेमा जानकारी दिन्छ ।